मत्ती 16:18-19
मत्ती 16:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
मत्ती 16:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।”
मत्ती 16:18-19 पवित्र बाइबल (NERV)
यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”
मत्ती 16:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म तिमीलाई भन्छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्थर’ हो)। यही पत्थरको जगमा म आफ्नो मण्डली खडा गर्नेछु अनि मृत्युका सबै शक्तिहरूले पनि यसलाई जित्न सक्नेछैनन्। स्वर्गको राज्य खोल्ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्वीमा बाँध्नेछौ, त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्वीमा फुकाउँछौ, त्यो स्वर्गमा पनि फुकाइनेछ।”