मत्ती 16:13-18

मत्ती 16:13-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।” येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।” येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-18 पवित्र बाइबल (NERV)

जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?” चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।” तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?” शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू कैसरिया-फिलिप्‍पीको इलाकामा पुग्‍नुभयो। त्‍यहाँ उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्‍छन्?” चेलाहरूले भने, “कतिले तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन्, कतिले एलिया हो भन्‍छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्‍छन्।” येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्‍वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ।” येशूले भन्‍नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्‍य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो। अब म तिमीलाई भन्‍छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्‍थर’ हो)। यही पत्‍थरको जगमा म आफ्‍नो मण्‍डली खडा गर्नेछु अनि मृत्‍युका सबै शक्तिहरूले पनि यसलाई जित्‍न सक्‍नेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्