मत्ती 15:18-19
मत्ती 15:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्।
मत्ती 15:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
मत्ती 15:18-19 पवित्र बाइबल (NERV)
मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
मत्ती 15:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर मानिसको मुखबाट निक्लने कुरा उसको मनबाट आएको हुन्छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन् किनभने मानिसको मनभित्रबाटै दुष्ट विचारहरू निस्कन्छन्। यिनै दुष्ट विचारहरूले गर्दा उसले मान्छे मार्नु, व्यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्दा गर्नुजस्ता खराब कामहरू गर्छ।