मत्ती 14:13-14
मत्ती 14:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।
मत्ती 14:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे। जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।
मत्ती 14:13-14 पवित्र बाइबल (NERV)
जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
मत्ती 14:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्त ठाउँतिर लाग्नुभयो। तर येशू जान लाग्नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्केर पैदलै उहाँको पछि लागे। येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्नुभयो। त्यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो।