मत्ती 13:54 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:54 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो, कि छक्क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्त भयो?
मत्ती 13:54 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफू हुर्केको ठाउँमा जानुभयो। त्यहाँ उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्नेहरूले छक्क परेर भने, “यस्तो बुद्धि यिनले कहाँबाट पाएका होलान्? यस्ता अचम्म अचम्मका कामहरू कसरी गर्छन्?
मत्ती 13:54 NERV (पवित्र बाइबल)
येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?
मत्ती 13:54 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्त गरे?