मत्ती 13:37-43

मत्ती 13:37-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो। सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌। “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ। मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌। तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:37-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो। खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्; अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:37-43 पवित्र बाइबल (NERV)

येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्। “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:37-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले भन्‍नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्‍वरका राज्‍यका सन्‍तान हुन् र सामाचाहिँ दुष्‍टका सन्‍तान हुन्। सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्‍क्‍याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्‍ने र थन्‍क्‍याउने खेतालाचाहिँ स्‍वर्गदूतहरू हुन्। सामा आगोमा डढाउन बटुलिएजस्‍तै यस संसारको आखिरी दिनमा पनि त्‍यसै गरिनेछ। त्‍यस दिन मानव पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्‍यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर आगोको भट्टीमा हालिदिनेछन्। त्‍यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिनेहरूचाहिँ आफ्‍ना पिता परमेश्‍वरको राज्‍यमा सूर्यजस्‍तै चम्‍केर बस्‍नेछन्। जसको कान छ, त्‍यसले सुनोस्!

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्