मत्ती 13:36 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 13 NNRVमत्ती 13:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपालीमत्ती 13:36 NERV (पवित्र बाइबल)
त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”
शेयर गर्नुहोस्
मत्ती 13 NERVमत्ती 13:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 13 NCV