मत्ती 13:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो।
मत्ती 13:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि दृष्टान्त भन्नुभयो, “हेर, परमेश्वरको राज्य आफ्नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्तो हुन्छ।
मत्ती 13:24 NERV (पवित्र बाइबल)
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो
मत्ती 13:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्यो।