मत्ती 12:34-37 - Compare All Versions

मत्ती 12:34-37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ए सर्पका बच्‍चा हो! तिमीहरू आफै दुष्‍ट छौ, असल कुरा कसरी बोल्‍न सक्‍छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्‍कन्‍छन्‌। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ। म तिमीहरूलाई भन्‍दछु, हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”

शेयर गर्नुहोस्
मत्ती 12 NNRV

मत्ती 12:34-37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे विषालु सर्पका सन्‍तानहरू हो! दुष्‍ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्‍छौ? जे मनमा छ, त्‍यही नै मानिसले बोल्‍दछ। असल मानिसले आफ्‍नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्‍छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्‍छ। म तिमीहरूलाई भन्‍छु, नचाहिँदो कुरा बोल्‍नेले न्‍यायको दिनमा त्‍यसको एक-एक लेखा दिनुपर्नेछ। तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्‍यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।”

शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपाली

मत्ती 12:34-37 NERV (पवित्र बाइबल)

ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”

शेयर गर्नुहोस्
मत्ती 12 NERV

मत्ती 12:34-37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे सर्पका सन्तान हो, तिमीहरू दुष्‍ट भईकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”

शेयर गर्नुहोस्
मत्ती 12 NCV