मत्ती 11:11-12
मत्ती 11:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो। बप्तिस्मा-दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन्।
मत्ती 11:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई साँच्चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ। बप्तिस्मा दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।
मत्ती 11:11-12 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्।
मत्ती 11:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ। बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि अहिलेसम्म परमेश्वरको राज्य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्यसमाथि जबरजस्तीसँग जित्ने प्रयास गर्दै छन्।