मत्ती 10:25 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
चेला आफ्ना गुरुजस्तो र कमारो आफ्ना मालिकजस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, उनका परिवारकाहरूलाई झन् कति बढ़ी भन्लान्?
मत्ती 10:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसकारण चेलाले आफ्नो गुरुसमान भएकोमा सन्तोष मानोस्, त्यसै गरी दासले मालिकसमान हुन पाएकोमा सन्तोष मानोस्। अब घर धनीलाई नै भूतका राजा बालजिबुल भन्छन् भने उसको घरानालाई त झन् के भन्लान्?
मत्ती 10:25 NERV (पवित्र बाइबल)
एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।
मत्ती 10:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!