मत्ती 10:11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस।
मत्ती 10:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू गाउँ-सहरमा जाँदा स्वागत गर्ने मानिसलाई खोज अनि त्यस गाउँबाट बिदा नहोउञ्जेल त्यसैकहाँ बस।
मत्ती 10:11 NERV (पवित्र बाइबल)
“जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस।
मत्ती 10:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।