मत्ती 1:21-25
मत्ती 1:21-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।” योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
मत्ती 1:21-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो: “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्नेछन्,” जसको अर्थ हो, “परमेश्वर हामीसित।” योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे। तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।
मत्ती 1:21-25 पवित्र बाइबल (NERV)
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”) जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे। तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।
मत्ती 1:21-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– “हेर, कन्येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्मानुएल भन्नेछन्।” इम्मानुएल भनेको चाहिँ परमेश्वर हामीसित हुनुहुन्छ। योसेफ निद्राबाट बिउँझे र स्वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्याए। तर मरियमले छोरो नजन्माउञ्जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।