लूका 9:57-58
लूका 9:57-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू र उहाँका चेलाहरू गइरहँदा एक जना मानिस आएर येशूलाई भने, “जहाँ गए पनि म तपाईंको पछि जानेछु।” येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्यालहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्म पनि छैन।”
लूका 9:57-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।” तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
लूका 9:57-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
लूका 9:57-58 पवित्र बाइबल (NERV)
उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।” येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”