लूका 9:21-27

लूका 9:21-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌। अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट बहिष्‍कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्‌नेछ।” तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ। किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र? तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्‍नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ। तर साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य देख्‍न अघि मृत्‍यु चाख्‍नेछैनन्‌।”

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:21-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो। अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:21-27 पवित्र बाइबल (NERV)

येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो। त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु। म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:21-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो अनि तिनीहरूलाई कुरा बुझाउँदै भन्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई मान्‍नेछैनन् अनि मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” उहाँले सबैलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर मलाई पछ्याउनुपर्छ किनभने आफ्‍नो जीवन जोगाउन खोज्‍नेले जीवन नै गुमाउनेछ, तर आफ्‍नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्‍नो जीवन बचाउनेछ। मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? जसले मेरो नाउँ लिन र मेरो शिक्षासित लाज मान्‍छ, म मानव पुत्रले पनि मेरो र परमेश्‍वर पिताको अनि पवित्र स्‍वर्गदूतहरूको महिमा लिएर आउँदा उसलाई आफ्‍नो भन्‍न लजाउनेछु। तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई नदेखेसम्‍म यहाँ उभिनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।”

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्