लूका 8:51-56

लूका 8:51-56 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब उहाँ घरमा पुग्‍नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्‍ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।” त्‍यो मरिसकेकी छे भन्‍ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। तर उहाँले त्‍यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।” अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो। त्‍यसका आमा-बुबा आश्‍चर्यचकित भए, तर जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भन्‍ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।

शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्

लूका 8:51-56 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्‍ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।” त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। तर उहाँले त्यसको हात समातेर भन्‍नुभयो, “मेरी छोरी, उठ!” अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो। त्यसका आमाबुबा आश्‍चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्‍नू भन्‍ने आज्ञा दिनुभयो।

शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्

लूका 8:51-56 पवित्र बाइबल (NERV)

येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन। सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, ऊ सुतिरहेकी छे।” मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!” त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।” त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घट्नाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्

लूका 8:51-56 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

याइरसको घर पुगेर येशूले पत्रुस, याकूब, यूहन्‍ना र केटीका आमा-बुबालाई बाहेक अरू कसैलाई पनि भित्र पस्‍न दिनुभएन। त्‍यहाँ जम्‍मा भएका सबैले केटी मरेकोमा रोएर बिलौना गरिरहेका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “नरोओ, ऊ त निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए किनभने तिनीहरूलाई केटी मरेकै हो भनेर पक्‍का थाहा थियो। तर येशूले केटीको हात समातेर भन्‍नुभयो, “ए नानी, उठ!” केटीको आत्‍मा फेरि फर्केर आयो र ऊ तुरुन्‍तै उठी अनि येशूले ‘यस केटीलाई केही खानेकुरा दिनू’ भन्‍नुभयो। केटीका आमा-बुबा छक्‍कै परे। तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू!’ भनेर कडा आज्ञा दिनुभयो।

शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्