लूका 6:27-31
लूका 6:27-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
लूका 6:27-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ। तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग। अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ।
लूका 6:27-31 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर। तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक। जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।
लूका 6:27-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ। माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर।
