लूका 5:5-8
लूका 5:5-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।” अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे। तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे। तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”
लूका 5:5-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।” जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!”
लूका 5:5-9 पवित्र बाइबल (NERV)
शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले। थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।”
लूका 5:5-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्नुभएको हुनाले म जाल हानिदिन्छु।” जाल हान्दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्न लाग्यो अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्न लागे। निकाल्दा-निकाल्दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्न लाग्यो। यो देखेर सिमोन पत्रुसले येशूको पाउमा परेर भने, “हे प्रभु, म पापी छु, मबाट पर बस्नुहोस्!”