लूका 5:33-38
लूका 5:33-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा साथमा छउञ्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ? तर यस्ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्। तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्।” उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।
लूका 5:33-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।” येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्न लगाउन सक्छौ? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्।” उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ।
लूका 5:33-38 पवित्र बाइबल (NERV)
तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।” येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन। तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।” येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासँग मिल्दैन। कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ। मानिसहरूले सधैँ नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्।
लूका 5:33-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कति मानिसहरूले येशूलाई भने, “यूहन्नाका चेलाहरू सधैँजसो उपवास बस्छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।” येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्तीहरूलाई केही खानै नदिई पठाउँछौ र? तर त्यस्ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्नेछन्।” येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। यदि टालिहाल्यो भने नयाँ लुगा पनि बिग्रन्छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्दैन। “फेरि कसले ताजा अङ्गुरको मद्य पुरानो छालाको थैलामा राख्छ र? यदि राखिहाल्यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्छ। ताजा अङ्गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्नुपर्छ।