लूका 4:9-12
लूका 4:9-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’”
लूका 4:9-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्। किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
लूका 4:9-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’”
लूका 4:9-12 पवित्र बाइबल (NERV)
तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! किनभने धर्मशास्त्रमा यो लेखिएको छ, ‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’ यो पनि लेखिएको छ, ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’” येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ
लूका 4:9-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्दिरको टुप्पामा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरकै पुत्र हुनुहुन्छ भने लौ तपाईं यहाँबाट तल हामफाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– तिम्रो हेरचाहा गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि भनिएको छ– तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्।”