लूका 4:14-20
लूका 4:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पवित्र आत्माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्यो। उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। येशू आफू हुर्केको सहर नासरतमा आइपुग्नुभयो। सधैँजस्तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्त्र पढ्न उभिनुभयो। उहाँलाई यशैयाले लेखेको पुस्तक पढ्न दिइयो र पुस्तक खोलेर उहाँले यस्तो लेखिएको ठाउँ निकालेर पढ्नुभयो– प्रभु परमेश्वरले आफ्ना आत्मा ममाथि खन्याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई देख्ने बनाउन, अत्याचारमा परेकाहरूलाई उठाउन र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ। त्यसपछि येशूले पुस्तक बन्द गरी फिर्ता दिएर बस्नुभयो। त्यहाँ भएका सबैले मक्ख परेर उहाँलाई हेरिरहेका थिए
लूका 4:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो। उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो: “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।” उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो।
लूका 4:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे। उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो: “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन, र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।” त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए।
लूका 4:14-20 पवित्र बाइबल (NERV)
येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो। उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे। येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः “परमप्रभुको आत्मा ममाथि छ। परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन, बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न, अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ। अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ। अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ, भनिघोषणा गर्न पठाउनु भएकोहो।” उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।