लूका 4:1-2
लूका 4:1-2 पवित्र बाइबल (NERV)
येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो। त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
लूका 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू पवित्र आत्माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्माले उहाँलाई उजाड-स्थानमा लैजानुभयो र चालीस दिनसम्म उजाड-स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्त भएपछि उहाँ भोकाउनुभयो।
लूका 4:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
लूका 4:1-2 पवित्र बाइबल (NERV)
येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो। त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
लूका 4:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू पवित्र आत्माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्माले उहाँलाई उजाड-स्थानतिर लानुभयो। त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म परीक्षामा पारेर पापमा फसाउन खोज्यो। ती चालीसै दिनसम्म येशूले केही पनि खानुभएको थिएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।