लूका 3:4-6
लूका 3:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यशैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ। हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्ठेरा बाटाहरू सम्म हुनेछन्, र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्।”
लूका 3:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ। प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्। अनि सबै मानव जातिले परमेश्वरको मुक्ति देख्नेछन्।’ ”
लूका 3:4-6 पवित्र बाइबल (NERV)
यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार। प्रत्येक खाल्डा पुरिनेछ, अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन, अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्! सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’”
लूका 3:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी यशैया अगमवक्ताले धर्मशास्त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ! सबै खोल्सा-खोल्सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्ठ्यारो बाटो सजिलो बनाउनुपर्छ अनि सबै मानिसहरूले मुक्ति देख्नेछन्।”