लूका 3:21-22 - Compare All Versions

लूका 3:21-22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो, र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

शेयर गर्नुहोस्
लूका 3 NNRV

लूका 3:21-22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सबै मानिसले बप्‍तिस्‍मा लिंदैगर्दा येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्‍वर्ग उघ्रियो र पवित्र आत्‍मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्‍वर्गबाट यस्‍तो आवाज आयो, “तिमी मेरा प्‍यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”

शेयर गर्नुहोस्
लूका 3 सरल नेपाली

लूका 3:21-22 NERV (पवित्र बाइबल)

जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”

शेयर गर्नुहोस्
लूका 3 NERV

लूका 3:21-22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

शेयर गर्नुहोस्
लूका 3 NCV