लूका 24:31-32
लूका 24:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
लूका 24:31-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो। तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
लूका 24:31-32 पवित्र बाइबल (NERV)
त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाञ्चित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँच्चो अर्थ खोलिरहनु भएको थियो।”
लूका 24:31-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्यति नै खेर उहाँ अदृश्य हुनुभयो अनि तिनीहरूले आपसमा यस्तो कुरा गरे, “उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्दले गद्गद् भएको थिएन र!”