लूका 24:20-21
लूका 24:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।
लूका 24:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
लूका 24:20-21 पवित्र बाइबल (NERV)
तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे। “यी सब घट्ना घटेको आज तेस्रो दिन हो।
लूका 24:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर हाम्रा मुख्य पूजाहारी र नेताहरूले उहाँलाई मृत्युदण्ड दिएर क्रूसमा झुण्ड्याउन लगाए। उहाँले नै इस्राएलीहरूलाई छुट्कारा दिनुहुन्छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्ड्याइएको पनि आज तीन दिन भइसक्यो।