लूका 24:13-19

लूका 24:13-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही दिन उहाँका चेलाहरूमध्‍ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्‍माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्‍नुभयो, तर तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्‍याइएका थिए। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए। ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए। तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए। तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो। तर तिनीहरूले उहाँलाई चिन्‍न नसक्ने तुल्याइएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए। तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?” उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-19 पवित्र बाइबल (NERV)

त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। तिनीहरूले घटेका ती सब घट्नाहरू बारे कुरा गरिरहेका थिए। जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। तर ती दुइ जनालाई येशूले चिन्नु दिनु भएको थिएन। त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?” येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्‍माउस भन्‍ने गाउँतिर जाँदै थिए। तिनीहरूले हालै भएका घटनाको बारेमा कुरा गरिरहेका थिए। यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्‍न लाग्‍नुभयो। तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्‍क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्‍थ्‍यो। ती दुईमध्‍ये क्‍लेओपास भन्‍नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्‍नुभएको छैन?” येशूले सोध्‍नुभयो, “कस्‍तो कुरा?” तिनीहरूले भने, “नासरतको येशूको बारेमा भएको कुरा। उहाँ परमेश्‍वर र मानिसका सामुन्‍ने शक्तिशाली काम गर्ने र गहकिलो शिक्षा दिने अगमवक्ता हुनुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्