लूका 21:10-15

लूका 21:10-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ। भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌। “तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिदिनेछन्, र झ्‍यालखानमा हालिदिनेछन्‌। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्‍ने पुर्‍याउनेछन्‌। तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ। यसकारण आफ्‍नो बचाउको निम्‍ति के भन्‍ने हो सो अघिबाट सोच्‍नेछैनौं भनी आफ्‍ना मनमा पक्‍का गर। किनभने म तिमीहरूलाई यस्‍तो बोल्‍ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्‍युत्तर दिन सक्‍नेछैनन्, अनि खण्‍डन गर्न पनि सक्‍नेछैनन्‌।

शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्

लूका 21:10-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्। “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ। यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ। तर आफ्नो बचाउका लागि के भन्‍ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्‍चय गर। किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।

शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्

लूका 21:10-15 पवित्र बाइबल (NERV)

तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ। “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।

शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्

लूका 21:10-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले फेरि भन्‍नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्‍नेछ। आकाशमा डरलाग्‍दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्‍हहरू देखिनेछन्। “यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्‍यालखानमा हाल्‍नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्‍याउनेछन्। त्‍यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्‍नेछ। तर आफ्‍नो बचाउको लागि के भन्‍ने हो भनेर पटक्‍कै चिन्‍ता नगर किनभने म तिमीहरूलाई यस्‍तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्‍नेछ।

शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्