लूका 17:1-2
लूका 17:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
लूका 17:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ।
लूका 17:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
लूका 17:1-2 पवित्र बाइबल (NERV)
येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।
लूका 17:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्कार, अरूलाई पापमा फसाउने मानिसलाई! जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्यसलाई त घिच्रोमा जाँतो झुण्ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ।