लूका 14:13-14
लूका 14:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”
लूका 14:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
लूका 14:13-14 पवित्र बाइबल (NERV)
यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
लूका 14:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ। तब तिमी धन्य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्वरले नै तिमीलाई इनाम दिनुहुनेछ।”