लूका 13:3-5
लूका 13:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। अथवा के तिमीहरू ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्ये बढ़ी अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।”
लूका 13:3-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ? म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।”
लूका 13:3-5 पवित्र बाइबल (NERV)
होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”
लूका 13:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो होइन, म तिमीहरूलाई भन्छु, आ-आफ्ना पापलाई मानिलिएर छोडेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ। फेरि सिलोआमको धरहरा पल्टेर मारिने ती अठार जना मानिसहरू यरूशलेमका अरू मानिसहरूभन्दा पापी थिए भनी सम्झन्छौ? त्यसो होइन, तर म तिमीहरूलाई भन्छु, तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ भने तिमीहरू पनि नष्ट हुनेछौ।”