लूका 1:8-20
लूका 1:8-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।”
लूका 1:8-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक पल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्यो। अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। दूतलाई देखेर जकरिया आत्तिए र डराए। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्ना राख्नू। तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।” जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।”
लूका 1:8-20 पवित्र बाइबल (NERV)
जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए। त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्। “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?” ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”
लूका 1:8-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए। धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए। त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। तर स्वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ। तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्ना राख्नू। त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन् किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्। तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्। तिनले आत्मा र शक्तिमा एलियाजस्तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्याउनेछन् र अट्टेरीहरूलाई परमेश्वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्ति तयार पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पक्का हुन्छ भनेर मैले कसरी पत्याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।” स्वर्गदूतले जवाफ दिए, “म परमेश्वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो। मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्वास नगरेकोले यो कुरा पूरा नहुञ्जेल तिमी बोल्न सक्नेछैनौ।”