लूका 1:31-33
लूका 1:31-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
लूका 1:31-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
लूका 1:31-33 पवित्र बाइबल (NERV)
सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
लूका 1:31-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”