Skip to content
बाइबल एप लोगो

लेवीहरू 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

लेवीहरू 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब त्‍यसले हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूकहाँ त्‍यो ल्‍याओस्‌। त्‍यसबाट पूजाहारीले आफ्‍नो मुट्ठीभरिको मसिनो पीठो र तेल जम्‍मै धूपसमेत झिकून्‌। अनि पूजाहारीले त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, सम्‍झना स्‍वरूप वेदीमा जलाऊन्‌।

शेयर गर्नुहोस्
लेवीहरू 2 NNRV

लेवीहरू 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि हारून वंशका पूजाहारीकहाँ ल्‍याओस्। सेवा गर्ने पूजाहारीले त्‍यो पिठो र तेल एक मुट्ठी लिएर र जम्‍मै धूप परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा वेदीमा डढाओस्। त्‍यस अन्‍नबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

शेयर गर्नुहोस्
लेवीहरू 2 सरल नेपाली

लेवीहरू 2:2 NERV (पवित्र बाइबल)

तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।

शेयर गर्नुहोस्
लेवीहरू 2 NERV

लेवीहरू 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना।

शेयर गर्नुहोस्
लेवीहरू 2 NCV