लेवीहरू 13:57-59
लेवीहरू 13:57-59 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर त्यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्तुमा फेरि देखियो भने, त्यो फैलिँदैगएको हो। त्यो ढुसी भएको वस्तु आगोमा जलाइनुपर्छ। जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्तु भए पनि धुँदा त्यसबाट ढुसी गयो भने, त्यो दोस्रो पल्ट धोइओस्, र त्यो शुद्ध हुनेछ। ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्’।”
लेवीहरू 13:57-59 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ। धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।” ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
लेवीहरू 13:57-59 पवित्र बाइबल (NERV)
यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ। तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।” लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।
लेवीहरू 13:57-59 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि पनि ढुसी देखा पर्यो भने त्यो फेरि फैलँदै गएको हो र त्यस चीजका धनीले त्यसलाई जलाइदेओस्। त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ। सुती वा ऊनी वस्त्रमा वा त्यस्ता कुनै कपडामा वा छालाका वस्तुमा ढुसी लाग्दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्।