लेवीहरू 13:45-46
लेवीहरू 13:45-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सरुवा रोग भएको मानिसले च्यातिएका लुगा लगाउनुपर्छ, र त्यसको शिरको केश अस्तव्यस्त रहनुपर्छ। त्यसले आफ्नो मुखको पल्लो भाग ढाकेर ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस्। जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ, त्यो अशुद्धै रहनेछ। त्यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्यसको डेरा होस्।
लेवीहरू 13:45-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्। त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
लेवीहरू 13:45-46 पवित्र बाइबल (NERV)
“यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ। त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।
लेवीहरू 13:45-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जसलाई डरलाग्दो छालाको रोग छ, त्यसले फाटेको वस्त्र लाओस्, केश नकोरोस्, अनुहारको तल्लो भाग छोपोस् र “अशुद्ध! अशुद्ध!” भनी कराउने गरोस्। त्यस रोगले नछोडेसम्म त्यो अशुद्ध रहनेछ र त्यो छाउनीदेखि बाहिर, अरूहरूदेखि टाढा बस्नुपर्नेछ।