विलाप 3:21-24
विलाप 3:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ: परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ। मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।”
विलाप 3:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ: याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्वसनीयता महान् छ। म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”
विलाप 3:21-24 पवित्र बाइबल (NERV)
तर त्यसपछि अन्य केही कुरा सोचें। तब ममा आशा जाग्यो। परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”
विलाप 3:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब म यो एउटा कुरा सम्झन्छु; यसैले मलाई आशा दिन्छ– परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ; प्रत्येक बिहानी ती ताजा रहन्छन्; तपाईंको विश्वस्तता महान् छ। परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ, यसैकारण म उहाँमा आशा राख्दछु।