यहोशू 6:8-9
यहोशू 6:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्ना तुरही फुक्दै अगि बढ्न लागे। परमप्रभुका करारको सन्दूकचाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरूचाहिँ तुरही फुक्ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्दै हिँड़े।
यहोशू 6:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो। हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए।
यहोशू 6:8-9 पवित्र बाइबल (NERV)
जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे।