यहोशू 6:6-7
यहोशू 6:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाड़ि हिँडून्।” अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरूचाहिँ परमप्रभुको सन्दूक अगिअगि हिँडून्।”
यहोशू 6:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।” अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।”
यहोशू 6:6-7 पवित्र बाइबल (NERV)
यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।” त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”
यहोशू 6:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दुक बोक अनि तिमीहरू सात जनाचाहिँ तुरही बोकेर अघिअघि जाओ।” तब उनले आफ्ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्दुकको अघिअघि एक दल सेना हिँड्ने आज्ञा दिए।