यहोशू 6:3-4
यहोशू 6:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू। सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्।
यहोशू 6:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।
यहोशू 6:3-4 पवित्र बाइबल (NERV)
प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।
यहोशू 6:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू। सात जना पूजाहारीहरू हातमा तुरही लिएर करारको सन्दुकको अघि-अघि हिँडून्। सातौँ दिन तँ र तेरा सैनिकहरू सातपल्ट सहरको फेरो लाएर घुम्नू अनि पूजाहारीहरूले चाहिँ तुरही फुकून्।