यहोशू 6:24-25
यहोशू 6:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत् थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्डारमा राखे। तर राहाब वेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई। अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे।
यहोशू 6:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे। तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।
यहोशू 6:24-25 पवित्र बाइबल (NERV)
त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
यहोशू 6:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्डारमा ल्याए र तीबाहेक अरू सबै थोक भस्म गरिदिए। तर यहोशूले राहाब वेश्या र त्यसका सारा कुटुम्बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्यसले लुकाइदिएकी थिइन्। (आजसम्म तिनका सन्तानले इस्राएलमा बास गरेका छन्।)