यहोशू 5:6-7

यहोशू 5:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो। यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:4-7 पवित्र बाइबल (NERV)

यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्‍थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्‍मेका बालकहरूको खतना भएको थिएन। त्‍यो समय बितिसक्‍दा जति जना पुरुषहरू मिश्रबाट निस्‍किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्‍नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन। ती मानिसहरूका छोराहरूको खतना कहिल्‍यै भएको थिएन र यहोशूले तिनीहरूको खतना गराए।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्