यहोशू 23:9-10
यहोशू 23:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुले तिमीहरूका सामुन्नेबाट महान् शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्ने आजसम्म कोही पनि अड्न सकेको छैन। तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ।
यहोशू 23:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन। तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ।
यहोशू 23:9-10 पवित्र बाइबल (NERV)
“परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।
यहोशू 23:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू अघि बढ्दै जाँदा परमप्रभुले महान् र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र कोही पनि तिम्रा विरुद्धमा खडा हुन सकेका छैनन्। तिमीहरूमध्ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्नेछौ किनभने परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा निम्ति लडाइँ गर्नुहुनेछ।