यहोशू 2:9-11
यहोशू 2:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्। तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।
यहोशू 2:9-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्। तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ। यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्वर हुनुहुन्छ।
यहोशू 2:9-11 पवित्र बाइबल (NERV)
राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।
यहोशू 2:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र जासूसहरूलाई भनी, “म जान्दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्। तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्यो पनि सुनेका छौं। त्यो सुन्नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्वर स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ।