यहोशू 2:8-9
यहोशू 2:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई, र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्।

यहोशू 2:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई। अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।
यहोशू 2:8-9 पवित्र बाइबल (NERV)
दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।