यहोशू 2:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 2:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
(तर त्यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।)
यहोशू 2:4-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)
यहोशू 2:6 NERV (पवित्र बाइबल)
(राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)
यहोशू 2:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।)