यहोशू 2:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 2:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन।
शेयर गर्नुहोस्
यहोशू 2 NNRVयहोशू 2:4-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)
शेयर गर्नुहोस्
यहोशू 2 सरल नेपालीयहोशू 2:4 NERV (पवित्र बाइबल)
स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।
शेयर गर्नुहोस्
यहोशू 2 NERVयहोशू 2:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्ने कुरा मलाई थाहा भएन।
शेयर गर्नुहोस्
यहोशू 2 NCV