यहोशू 2:10
यहोशू 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।
यहोशू 2:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।
यहोशू 2:10 पवित्र बाइबल (NERV)
हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो।