यहोशू 18:2-3
यहोशू 18:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर इस्राएलीहरूमा आ-आफ्नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए। यसकारण यहोशूले इस्राएलीहरूलाई भने, “तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ?
यहोशू 18:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर इस्राएलीहरूका सात वटा कुलहरू बाँकी थिए, जसले उत्तराधिकारको भाग अझै पाएका थिएनन्। यसकारण यहोशूले इस्राएलीहरूलाई भने: “याहवेह तिमीहरूका पितापुर्खाका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न कहिलेसम्म तिमीहरू पर्खिरहन्छौ?
यहोशू 18:2-3 पवित्र बाइबल (NERV)
तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन। त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।
यहोशू 18:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अझै इस्राएलीहरूमध्ये सात कुल बाँकी थिए, जसले देशको आ-आफ्ना भाग पाएका थिएनन्। यसकारण यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति बेलासम्म पर्खने?