यहोशू 1:8-9
यहोशू 1:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
यहोशू 1:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।”
यहोशू 1:8-9 पवित्र बाइबल (NERV)
त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
यहोशू 1:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
व्यवस्थाको पुस्तक सधैँ पढ्ने गर्। रात-दिन त्यसमा ध्यान गर् र त्यहाँ लेखिएका हरकुरा पालन गर्। तब तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सफल हुनेछौ। याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्वर तँ जहाँ गए तापनि तँसित छु।”